नियम ३२
क्षतिपूर्ति निर्धारण समिति
(१) ऐनको दफा २६ वा २७ बमोजिम दिइने क्षतिपूर्ति निर्धारण
गर्न देहाय बमोजिमको एक क्षतिपूर्ति निर्धारण समिति रहनेछ –
(क) मन्त्रालयले तोकेको सो मन्त्रालयको कम्तीमा
राजपत्राड्ढित द्वितीय श्रेणीको अधिकृत – अध्यक्ष
(ख) मन्त्रालयले तोकेको सम्बन्धित प्राविधिक वा
विशेषज्ञ – सदस्य
(ग) सम्बन्धित स्थानीय निकायको प्रतिनिधि – सदस्य
(घ) सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको प्रतिनिधि – सदस्य
(ङ) उपभोक्ताहरु मध्येबाट मन्त्रालयले तोकेको व्यक्ति – सदस्य ।
(२) क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्ति निर्धारण गर्ने सम्बन्धमा अपनाउनु पर्ने
कार्यविधि सो समिति आफैले निर्धारण गर्नेछ ।